गठबन्धन अगाडि बढाउने मजबुद आधार बन्यो : नेपाली कांग्रेस


सत्तारुढ नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको नजिता प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुद आधार बनेको बताएको छ । काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी गठबन्धनले सन्तोषजनक नजिता हात पारेको बताएका हुन ।

उनले भने, ‘प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुद आधार बनेको स्थानीय तहको निर्वाचन परिणामले स्पष्ट गरेको छ । यस्तै उनले स्थानीय निर्वाचनमा काँग्रेसले ठूलो सफलता हात पारको बताए ।

उनले भने, ‘हामी गठबन्धन गरेर निर्वाचनमा गएका थियौँ । यो निर्वाचनमा काँग्रेसले ठूलो सफलता हात पारेको छ । गठबन्धनका दलले पनि राम्रो सफलता हात पार्नु भएको छ ।’ अहिलेसम्म काँग्रेसले ३२१ पालिकामा प्रमुख र २९४ पालिकामा उपप्रमुख जितेको छ । काँग्रेसले ५ पालिकामा अग्रता लिएको छ ।