कामपा १० मा कांग्रेसका केसी विजयी


काठमाडौं जेठ १०। काठमाडौं महानगरपालिका १० को अध्यक्षमा कांग्रेसका रामकृष्ण केसी विजयी भएका छन्। नेकपा एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै केसीले जित हात पारेका हुन्।

केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा कार्कीले दुई हजार ९५३ मत पाए। वडा सदस्यमा कांग्रेसका नरोज अर्याल र शतीश तण्डुकार निर्वाचित भए। महिला सदस्यमा कांग्रेसकै रोहनी श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता भित्रिकोटी परियार विजयी भए।