वायुसेवा सञ्चालक संघले बढायाे हवाई भाडा, कुन रुटको कति ?


काठमाडौं जेठ १०। वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि बुधबारबाट बढेको मूल्य लागु हुने गरी संघले हवाई भाडा बढाएको हो ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । निगमले गएरातिबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको थियो । जसअन्तर्गत हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुगेको थियो ।

हेर्नुहोस् भाडादर सूचीः