पत्रकारबाट वडा अध्यक्ष बनेका आचार्यको पहिलो काम अपाङभत्ता दिने सिफारिस


धादिङको धुनिबेशि नगरपालिकाको वडा ६ मा निर्वाचित भएका वडा अध्यक्ष रमेश प्रसाद आचार्यले पदभार ग्रहण गरेसंगै कार्य कक्षमा सहिदको फोटो राखी काम सुरु गरेका छन् । पद भार ग्रहण गर्दैे कार्यकालको शुभारम्भ कार्यकक्षमा सहिद बैकुण्ठनाथ रेग्मी (रोशन) को तस्वीर राखी सहिदहरुप्रति सम्मान गरेका हुन । उनले दमाई तामाङको छोरा सुनिल तामाङको पुर्ण अपांगता भत्ताको लागि सिफारिस प्रदान गरि पहिलो निर्णय समेत गरेका हुन ।

पत्रकारिता पेशाबाट राजनीतिमा लागेका अत्यन्तै सरल, मिलनसार तथा लगनशिल वडा अध्यक्ष आचाार्यले ६ नम्बर वडाका दुई सरकारी विद्यालयमा चालु शैक्षिकसत्रबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने भएका छन् । साथै स्वास्थ्य शिक्षाको स्तरउन्नति गर्न महत्त्वपूर्ण निर्णयका साथ अन्य सरोकारवाला निकायहरुसंग थप परामर्श गरी आफ्नो कार्यकालमा आम नागरिकलाई सेवा दिने तर्फ आफ्नो ध्यान सदैव रहने वडा अध्यक्ष आचार्यले बताएका छन् ।
आफ्नाको ५ वर्षे कार्याकालमा मुख्य प्राथमिकताका विषयहरु समेत अध्यक्ष आचार्यले प्राथमिकता राखेका छन् ।
१. ६ नम्बर वडामा रहेका सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन पाठनको ब्यबस्था यसै शैक्षिक सत्रदेखि सुरु गर्ने । वर्ष बाट गर्नेछु ।
२.कालिदेभी आधारभुत विद्यालयलाई स्तरोन्नती गरि १० कक्षासम्म पठनपाठन सञ्चालन गरी प्राबिधिक विद्यालय सञ्चालनमा जोड दिने ।
३. एक घर एक खानेपानी धारा पुर्ण रुपमा लागू गरि सक्ने ।
४. बृद्धा, अपाङ र अशक्तहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण तत्काल सुरु गर्ने र आधारभूत औषधिहरु प्रभावकारी रुपमा स्वास्थ्य संस्थासंग समन्व्य गरि वितरण गर्ने ।
५.वडामा रहेको नौबिसे– कालिदेविस्थान र धार्के– बानियाटार सडकको स्तरोन्नती गर्ने ।
६. कालिदेबीथानमा होमस्टे सञ्चालन गराई धार्मिक तथा कृषि पर्यटन क्षेत्रको विकास गरी स्वरोजगारी बनाउनुका साथै स्थानीय उत्पादनको बजार प्रवद्धन गर्ने ।
७. धार्के चालिसेमा रहेको तरकारी संकलन केन्द्र सञ्चालको लागि सम्बन्धीत निकायसंग समन्वय गरि आवश्यक पहल कदमी गर्ने । ८. वडा भित्रको बजारलाई व्यवस्थित, सफा र सुन्दर बनाउनुका साथै आवश्यक स्थानहरुमा सिसी क्यामेरा तथा सडक बत्तिको व्यवस्थापन गर्ने ।
८. महिला तथा किशोरीका लागि आत्मरक्षा सम्बन्धी तालिमहरु सञ्चालन गर्ने ।
९. स्थानीय उत्पादनहरुको बजारीकरण गरी आयातलाई प्रतिस्थापन गर्दै खाली रहेका जग्गाहरुलाई उचितरुपमा प्रयोगमा ल्याउने ।
१०. शहरीकरण तथा अव्यवस्थित बजारीकरणलाई स्थानीय नागरिकको आवश्यकता र औचित्यका आधारमा थप व्यवस्थित गर्दै लैजाने विषयमा मुख्य ध्यान दिने योजना आचार्यको छ ।