चालु आर्थिक वर्षमा ३२५ किमि सडक कालोपत्रे सयवटा पुल निर्माण


सरकारले चालू आर्थिक वर्षको हालसम्म सडक, पुल निर्माणजस्ता पूर्वाधारका काम गरेको सरकारले दाबी गरेको छ ।
संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो तथ्याङक सार्वजनिक गरेकी हुन ।

चालू आवको हालसम्म नेपालमा ६३८ मेवा विद्युत् उत्पादन, ३२५ किमि कालोपत्रे, एक सय पुल बनेको र १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ पुगेको बताइएको छ ।

क्षतिग्रस्त मेलम्ची पुनः सञ्चालनमा आएको, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध गराइएको छ। स्वास्थ्य पूर्वाधारमा वृद्धि भएको छ। लालपुर्जा पाउन नसकेकका २३ हजार ५ सय ९१ जनालाई जग्गाधनी पुर्जा उपलब्ध गराइएको छ।

नेपालले २०८७ भित्रै दीगो विकास लक्ष्य प्राप्त गर्ने र मध्यम आययुक्त देशमा पुग्ने लक्ष्य लिएको छ। २०२६ मा अतिकम विकसितबाट स्तरोन्नति हुनेछ।

कोभिडका बेला अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप पर्न गए पनि रेमिट्यान्समा सुधार, पर्यटन आयमा सुधार, रुस र युक्रेनबीचको अस्थिरताले अर्थतन्त्रमा चाप परे पनि यसबाट पाठ सिक्दै अघि बढ्नुपर्ने देखिएको उनले बताइन्।
यस्तै कृषि क्षेत्रको विकासका लागि निरन्ततर प्राथमिता दिई मेक इन नेपाल र मेड इन नेपाल लागुृ गर्ने भएको छ ।