पोखरा महानगरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी


काठमाडौं जेठ ११। पोखरा महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै उन िनिर्वाचित भएका हुन् । गठबन्धनको तर्फबाट उम्मदेवार दिएका एकीकृत समाजवादीका आर्चायले ५८ हजार ८ सय ९३ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका थापाले ५२ हजार ८ सय ४८ मत पाए ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई हराइन् । गुरुङले ६० हजार ५ सय ४६ मत र रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन् । आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ ।