काठमाडौं जेठ ११। यमन पौड्याल- मुलुककै संघीय राजधानी काठमाडौं । बहिरी जिल्लाबाट राजधानी आउनेहरुको लागि मनमा अनेक कौतुहल्ता हुनु स्वभाविक हो । तर जे जसले जे सोचे पनि राजधानी भने निकै फोहोर, धुलो, हिलो, अनि खाल्टा खुल्टीको सहरमा परिणत भएको अनुभूति हुन्छ । विश्वमा मन्दिरै मन्दिरको शहरका रुपमा पहिचान बनाएको सहर पस्ने मुख्य नाकाका सडकहरु भने निकै दयनिय अवस्थामा छन् । राजधानीको पश्चिमपट्टि रहेको चन्द्रागिरी नगरपालिकाको मुख्य प्रवेशद्धारको रुपमा रहेको मुख्य सडक नै निकै फोहोर र धुलाम्य छ । त्यस्तै सहायक सडकको रुपमा रहेको नागढुंगा–सुरुङ माग–दहचोक–पुरानो नैकाप–खड्का गाँउ– कंलकी सडक खण्ड भने बर्षौ देखि कन्तविजोग अवस्थामा छ । यो सडकमा सडकको भारबहन क्षमता भन्दा बढि सामान बोकेका ट्रकहरु गुड्नु, नालीको दुराअवस्था हुनु, नाली सफा सडक किनारामा राखिएपनि त्यसको उठाउने काम महिनैसम्म पनि भएको छैन ।
सडक छेउमा राखिएको माटोमा झार पलाएई सक्दा समेत नउुठदाँ सडकको दयनिय अवस्था स्पष्टै रुपमा देख्न सकिन्छ । यतिमात्र होइन हरेक वर्ष सडक विभागका नाली सफाई गर्ने ज्यामीले सडकको किनारामा राख्ने गरेपछि त्यो उठाउने काम भने हुने गरेको छैन । त्यो माटो र फोहोर फेरी सवारी साधन हिड्दा पानी पर्दा केही दिनमै नालीमा पुगेर पुरिने गरेको यो सडक प्रयोग गर्ने जो कोहीले पनि देख्ने गरेका छन् । यदि समयमै फोहोर नउठाउने हो भने सडक विभागले किन सफा गर्ने गर्छ भन्ने स्थानीयवासीन्दाहरुको भनाई छ । अर्कोतर पानी पर्दा सडक भरी पानी जमेर पार हुनै समस्या हुने गरेको सडक प्रयोगकर्ताहरुको गुनासो छ । यतिमात्र होइन स्थानीय बासीन्दाहरुले खुल्ला रुपमा शौचालयको ढल सिधैै सडकसम्म आएकाले दुर्गन्ध त्यतिकै फौलिएको स्थानीयको भनाई छ ।
यो सडक आसपासमा सञ्चालन भएका खाजा तथा खाना पसलका साथै अन्य पसलहरुमा समेत सचेत ग्राहक सडक र नाली फोहोर भएर नआउने गरेको देखेसो पोख्छन । यो सडक विशेषत नागढुंगाबाट कंलकी निस्कनको लागि छोटो दुरीको रुपमा प्रयोग गरिन्छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १, २, १२, १३ र १४ नम्बरका स्थानीय बासीन्दाहरुले दैनिक रुपमा प्रयोग गर्ने गर्छ । १३ नम्बर वडा पुरानौ नैकापका वडा अध्यक्ष श्रीकृष्ण खत्रीले आफु जनप्रतिनिधि हुनुभन्दा पहिला पनि यो सडकको समस्या देखेको र अब आफु समाधान गर्ने स्थानमा आएको भन्दै छिट्टै सडक विभागसंग छलफल गरी सडकको नाली र ढल निकासको लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन । उनले खड्का गाँउ– कंलकी सडकको काम समेत छिट्टै सम्पन्न गरी सवारी साधन सुचारु गर्न पहल गर्ने दाबी गर्छन ।पुरानो नैकाप देखि कंलकीसम्मको भित्री सडक बर्षौसम्म काम गरेपनि अझै प्रभावकारी रुपमा काम हुन नसकेको स्थानीयको आक्रोश छ ।
अहिले करिव २ सय फिट सडकमा ढल निकासका लागि काम थालिएको ४ महिना भएपनि अझै काम नसकिएको उनीहरुको भनाई छ । यो सडक समयमै निर्माण हुन नसक्दा बाहिरी जिल्लाबाट नागढुगादेखि कंलकी निस्कने यात्रुका साथै दैनिक जसो ओहोर दोहोर गर्ने सार्वजनिक सवारी साधन समेत वैकल्पिक माग प्रयोग गरी सञ्चालन गर्नुपर्दा चालक र यात्रुलाई समेत हैरानी हुने गरेको सत्य हो । यता काठमाडौं सडक सडक डिभिजन कार्यालयका सहायक इन्जिनियर नेत्र पौडेलले धेरै क्षेत्र भएका रोटेशनमा काम हुने भन्दै छिट्टै सडक छेउमा राखीएको माटो उठाउने आश्वासन दिएका छन् । उनले रकम अभावमा नैकापको खेल मैदान नजिकको सडक मर्मत गर्न नसक्ने भन्दै आगामी दिनमा यसमा थप बजेटको व्यवस्थापन गरिने बताए ।
सहायक इन्जिनियर पौडेलले यो सडकमा कम भार क्षमता भएका सावरी साधनलाई लक्षित गरी निर्माण भएपनि अहिले मापदण्ड विपरितका भारी सामान बोकेका ट्रकहरु गुड्दां सडक र नाली ठाँउठाँउमा भत्किने गरेको बताए ।
केही सडक खण्डमा सुरुङ मागका कारण चाप परेको तथा केही सडक खण्डामा काठ, सिमेन्ट, रड बोकेका ट्रकले नाली भत्काउदा सडकमा पानी पसी भत्केको बताएका छन । सडकसंग प्रयाप्त रकम नहुने नगरपालिका हाम्रो काम होइन भन्दै सडकलाई देखाउँने भएकाले यो सडकमा यो वर्ष पनि सडक प्रयोगकर्ताहरु पानीको तालमै डुबेर हिड्न बाध्य हुने भएका छन । त्यसैले स्थानीय सरकारले वैकल्पिक बजेटको व्यवस्थापन गरेर भएपनि तत्कालका लागि अस्थायी समाधान खोज्न जरुरी छ ।
यो सडकलाई देखाएर २०७४ सालमा निर्वाचित हुने केही प्रतिनिधि त विदा भए केही भने पुनः दोहोरीएका छन् । तर पनि सडकले भने सुधारको गति लिएको छैन । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ अन्तरगत पर्ने यो सडकमा २०७४ सालमा प्रदेश सांसद र संघीय सांसदले समेत यसै सडक र बलम्बुको पक्की पुल निर्माणलाई मुख्य नारा बनाएर तर अवस्थाले स्पष्ट देखाएको नारा काम लागेको प्रमाणित गरेको छैन । यो क्षेत्रले मन्त्री समेत पाएपनि सडकको स्तरउन्नीका साथै समयमै मर्मत सम्भार हुन नसक्दा पैदल यात्री, निजी र सार्वजनिक सवारी साधन आवत जावतमा बन्द जस्तै भएको छ । अब पुरानै नयाँ एजेण्डा लिएका र नयाँ जनप्रतिनिधिले कुरा ठूला गर्नुभन्दा पनि सामान्य जनजीवनसंग जोडिएका समस्यालाई समाधान गर्नमा लाग्ने हिम्मत गर्ने समय आएको छ । नयाँ जनप्रतिनिधिरुका लागि आम नगरवासी जनताले समय गनेर फेरी ५ वर्ष पछि फैसला गर्ने छन् ।