दुःखी पिडितलाई आर्थिक सहयोग हस्तान्तरण


सेवा, संदेश र मनोरञ्जनका साथै कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले विभिन्न दुःखी पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । इन्द्रेणी कार्याक्रम मार्फत फाण्डेशनका अध्यक्ष कृष्ण कंडेलले सहयोग रकम हस्तान्त्रण गरेका हुन । स्टुडियोमा सहयोग हस्तान्तरणका साथै ख्यातीप्राप्त कलाकारबाट लोक दोहोरी गीत प्रस्तुत गरिएको हो । कार्यक्रममा शान्ता पोखरेल र खर्क बुढाका बीचमा प्रस्तुती भएको हो । त्यस्तै गरी भाइरल लक्ष्मी तिवारीले समेत प्रस्तुती गर्नुका साथै इन्द्र जिसी र कल्पना दाहालको उत्कृष्ट प्रस्तुती रहेको छ ।

कार्यक्रमा विभिन्न प्रकारका बिरामीहरुका बारेमा एजेण्डा उठाउनुका साथै सहयोगको अपिल समेत गरिएको हो । क्यान्सर, मृर्गौला, दिर्घ रोगी, अपाङहरुलाई सहयोग हस्तान्तरण गरिएको हो । साथै विभिन्न सहयोगी मनहरुबाट सहयोग समेत प्राप्त भएको हो । सहयोग प्राप्त विरामी तथा पिडितहरुमा शान्ता कुमारी विश्वकर्मा, अनमोल चौधरी, अदित थापा, वखतसिंह थापा, राममाया थापा, डिला कामी, खेमप्रसाद खतिवडा रहेका छन् । त्यसैगरी पुजा डागी, प्रेम विश्वकर्मा, बुदेन्द्र थापा हरिमाया कोइराला, कुलप्रसाद कोइराला, दिल कुमार आले र हरिकला बुढालाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।