काठमाडौंको मत गणना सकिंदै, मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चित


काठमाडौं जेठ १२। काठमाडौं महानगरपालिकाको मतगणना आज बिहीबार सकिंदै छ । तर मत गणना नसकिँदै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । देशका ६ महानगरपालिका मध्ये नतिजा आउन बाँकी रहेको काठमाडौंमा मतगणना जारी रहँदै बालेनको जित पक्का भएको हो ।

पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २१ हजार मतको अग्रता लिनुभएको छ । बालेनले ५७ हजार १५५ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३६ हजार १६३ मत पाउनु भएको छ । यस्तै एमालेका केशव स्थापितले ३५ हजार ६०४ मत पाउनु भएको छ । उमपेयरमा एमालेकी सुनिता डंगोलको जित पक्का भएको छ । डंगोलले अहिलेसम्म ५३ हजार ६४२ भोट ल्याउँदा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ७६७ मत पाउनुभएको छ ।