नवनिर्वाचित जनप्रतिनिधि बधाई खान भ्याइ नभ्याइ हुँदा धरानका मेयर हर्क साम्पाङ ‘फिल्ड’ मा


काठमाडौं जेठ १२। स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि बधाई खान भ्याइ नभ्याइ रहँदा धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राई (साम्पाङ) अहिले कार्यक्षेत्र ‘फिल्ड’मा खटिएका छन् । धरानवासीको समस्या हल नगरुन्जेल आफू खुसी नहुने बताउने मेयर हर्क साम्पाङ पद धारण गरेको भोलिपल्टदेखि नै फिल्डमा पुगेर काम गर्न थालेका छन् ।

बुधबार नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे अवलोकन गरे । खानेपानीको मुहान वरपरको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैँ फिल्डमा खटिए । उनले आफ्नो फेसबुक पेजमार्फत भनेका छन्, ‘नेपानीको मूहान अवलोकन गरी कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान ! पनि सरसफाइ कार्यमा सहभागी भए ।’