काठमाडौंमा अब ३ वटा वडाको मात्र मतगणना बाँकी, बालेनले कटाए ५९ हजार मत


काठमाडौं जेठ १२। काठमाडौं महानगरपालिकामा अब ३ वटा वडाको मात्र मतगणना बाँकी रहेको छ । अहिलेसम्म काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकिएको छ भने अब वडा नम्बर १४, १५ र १६ को अन्तिम मत परिणाम मात्र आउन बाँकी छ । हालसम्म कुल १ लाख ८३ हजार ६७९ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् ।

बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २१ हजार बढी मतको अग्रता लिनुभएको छ । बालेनले ५९ हजार १४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जनाले ३७ हजार ५४२ मत पाउनु भएको छ । यस्तै एमालेका केशव स्थापितले ३७ हजार २१८ मत पाउनुभएको छ । उमपेयरमा एमालेकी सुनिता डंगोलको जित पक्का भएको छ । डंगोलले अहिलेसम्म ५३ हजार ६४२ भोट ल्याउँदा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ७६७ मत पाउनुभएको छ ।