राजनीतिक दलकै कम्जोरीका कारण ‘बालेनहरु’ जन्मन थाले : पूर्वप्रधानमन्त्री खनाल


पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य रहेको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा उनले संविधानबमोजिम अगाडि बढ्न नसके इतिहासमा पछाडि छोडिँदै जाने पनि जिकिर गरे।

‘संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य छ,’ खनालले भने, ‘यदी त्यो ढंगले अगाडि बढ्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौँ।’ नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले राजनीतिक दलहरु संविधानबमोजिम अगाडि नबढे ‘बालेन’ हरु जन्मिने पनि बताए।

‘बालेन’ हरु जन्मिए राजनीतिक दलहरूको अस्तित्व र उपादेयिता पनि समाप्त हुने उनको भनाइ थियो। ‘र, धेरै बालेनहरु अनि जन्मिने छन्। बालेनहरुले राज्य गर्ने छन्,’ खनालले भने, ‘पोलिटिकल पार्टीको अस्तितव र उपादेयीता समाप्त हुँदै जानेछ।’