सर्वोच्चको आदेश : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक


सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो । आदेशको पूर्ण विवरण भने आइसकेको छैन ।