उपचारमा सघाउँदै इन्द्रेणी


काठमाडौं जेठ १२।  कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न दुःखी पीडित तथा सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न स्वदेश तथा विदेशबाट प्राप्त सहयोग उनीहरुलाई हस्तान्तरण गरिएको हो । फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाद कंडेलले सञ्चालन गरेको अभियानलाई सहयोग गर्नका लागि जन्मदिन, वैवाहिक उत्सव, पितृहरुको सम्झनामा संकलन भएको रकम पीडितहरुको उपचारमा दिइएको हो । यस्तै फाउण्डेशन मार्फत संकलन भएको रकम नन्दनी सेवा पशुपति गौशाला, विभिन्न समाजिक संस्थाहरुलाई सहयोग गरिएको हो । त्यस्तै क्यान्सर, मृगौला, अपाङगता, ब्लड क्यान्सर, ढाड भाचिएका पाठेघरका समस्या, असहाय तथा दृष्टिविहिनहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।

उनीहरुलाई उपचारमा केही हदसम्म भएपनि सहयोग मिलोस भने सहयोगी मनहरुबाट प्राप्त रकम हस्तान्तरण गरिएको हो । हुनेले दिने र नहुनेले लिने भावनाको विकास गर्दै सञ्चालन गरिएको इन्द्रेणीको अभियानबाट हजारैं समस्यामा परेकाहरुले केही हदसम्म भएपनि राहातको अनुभूति गरेको बताएका छन् । यस्तै गरी मन हुदांहुदौ पनि प्रत्यक्ष रुपमा सहयोग गर्न नपाएका देश विदेशमा रहेका मनकारीले इन्द्रेणी मार्फत यस्तै विभिन्न दुःखी पीडितहरुको दैनिकीमा सहज होस भनेर सहयोग गर्दै आएको बताएका छन् । सेवा, सन्देश र मनोरञ्जनका साथै फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् ।

इन्द्रेणी कार्यक्रम मार्फत सहयोग गरिएको विभिन्न विरामीहरुको नामावली

गिता माली
शवेश लाल
डोलबहादुर थापा
विश्व वाइवा
राजु ताजपुरीया
गम बहादुर विक
सुल बहादुर अवाले
पराश्वर बहादुर कुंवर
सञ्जय ठाकुर
भक्त मोक्तान
उज्वल परियार
कृष्ण तामुकार
धनसरी तामाङ
मनिष भुजेल
होम बहादुर गुरुङ
देवनायारण गिरी
लिला दाहाल
हेमप्रसाद चौलागाई
सम्भु श्रेष्ठ
तारा राना
कुल बहादुर कुमाल
चित्र बहादुर तामाङ
विमला बुढा