काठमाडौंको मेयरमा ६१ हजार ७ सय बढी मतका साथ बालेन विजयी


काठमाडौं जेठ १३। काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी हुनुभएको छ। बिहिबार राति सम्पन्न ३२ वटै वडाको मत गणनापछि बालेन साह मेयरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको हो। लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारको रूपमा मेयर पदमा उठ्नुभएका बालेन साह ६१ हजार ७ सय ६७ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे । उहाँका निकटाम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।

साथै नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे । मेयर बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंह भन्दा २३ हजार ४ सय २६ मत बढी प्राप्त गरेर विजयी हुनुभएकाे हाे । सिंहले स्थापित भन्दा २ सय २४ मत बढी प्राप्त गर्नुभएकाे छ । आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत प्राप्त गर्नुभएकाे छ। राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७ सय ७० मत प्राप्त गर्नुभएकाे छ । साथै विवेकशील साझाकी समीक्षा बास्कोटाले ६ सय ४७ मत प्राप्त गर्नुभएकाे छ ।

साेही महानगरपालिकाकाे उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उपमेरका उम्मेदवार रामेश्‍वर श्रेष्ठले २३ हजार ८ सय ६ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ । उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठ्नुभएकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठ (महर्जन) ले १३ हजार ६ सय ९५ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।मेयरमा उम्मेदवारी दिएका तीन जना बाहेक अरु सबैको जमानत जफत भएको छ भने उपमेयरतर्फ पनि तीन जना मात्र जमानत जोगाउन सफल भएका छन् । निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो । कुनै पनि उम्मेदवारको जमानत जोगिन सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानूनी प्रावधान छ ।