राजधानीमा मेयर बालेनको अग्निपरीक्षा सुरु


काठमाडौं जेठ १३। बालेन) को पुखैलीघर महोत्तरी हो । जमिनदार परिवारका साह भने काठमाडौमा ३१ वर्ष पहिला जन्मिएका हुन । साहका हजुरबा तराईमा बसोवार गरेपनि उच्च शिक्षा र रोजगारीका लागि बा आमा राजधानीमै बसे । बालेन बुवा आयुर्वेद डाक्टर रामनारायण साह र आमा ध्रुवदेवि साहका कान्छा छोरा हुन । २०४७ साल वैशाख १४ गते जन्मिएका साहले प्राथमिक तहको शिक्षा जलजला माध्यामिक विद्यालय नरदेविमा पढेका हुन । उच्च शिक्षा राजधानीका साथै भारतको कनाट्रकबाट इन्जिनियरिङ गरेका हुन ।

ललितपुर महानगर वडा नं. १० मा स्वतन्त्र रूपमा १० पटक वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मान्ने गरेका छन् । उनका छोरी बालेनका घनिष्ठ साथी हुन । भारी मतका साथ विजयी भएका बालेनले महानगरवासीको अपेक्षा के हो भन्ने कुरा पहिचान गर्नु र काम गरेर देखाउनु नै पहिलो चुनौती हो । त्यस्तै भाषाको मुद्दा, सभ्यता अतिक्रमण, गुठीको विषय, सडक बिस्तार र त्यससँग जोडिएको विस्थापनको समस्यासँग जोडिएका मतदाताहरूको अपेक्षालाई उनले कसरी सम्बोधन गर्छन् भन्ने विषय प्रतिक्षाकै विषय बनेका छन् ।  बालेन “¥याप ब्याटल“ नामक प्रतियोगितामा सहभागी भएपछि नयाँ पुस्ताका युवामाझ परिचित भए ।

मुलुककै घेरै मतदाता रहेको स्थानीय तह काठमाडौं महानगरपालिकामा प्रमुख दलका उम्मेदवारविरुद्ध उभिएका साह पेसाले स्ट्रकचरल इन्जिनियर हुन् । इन्जिनियरका रूपमा उनले सडक र पुलदेखि, औद्योगिक क्षेत्र, भ्यूटावर, खेलकुद मैदान, साइन्स पार्कहरूको खाका कोर्ने वा निर्माण गर्ने कार्यमा संलग्न रहेर काम गरेका छन् । नेपथ्यमा बसेर बालेनलाई पथप्रदर्शन गर्ने तथा निर्वाचनको यो यात्रामा फलदायक रणनीति बनाउन विभिन्न क्षेत्रका विज्ञ योजनाकारहरूले साथ दिएका छन् । त्यसैले बालेनले आफ्नो समूहमा शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, यातायातलगायत सबै क्षेत्रका विज्ञहरू भएको र उनीहरूकै सल्लाह, सुझाव, सहयोग र साथअनुरूप पाँच वर्ष काम गरी सफल हुने तर्क गर्दै आएका थिए ।

राजधानीको फोहोर व्यवस्थापनदेखि प्राचिन नेवाः सम्पदा र संस्कृतिको संरक्षणको विषय उठाएकाले पनि बालेनलाई युवा पुस्ताबाहेक रैथाने समुदायका मानिसले समेत विश्वास गरेको सत्य हो । विकास र निर्माणबारे पाँच वर्षे कार्यक्रमा घोषणा गरेका बालेनले आगामी कार्यकालले पुष्टि गर्ने छ । काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य मानेर महानगरका मतदाताहरूले विश्वास गरेका हुन । उनले विश्वासमा जित वा हार नहुने भन्दै जितहारलाई मतगणना सकिएसँगै सकिदिन आग्रह गर्दै घोषणापत्रमा भएका विषयलाई दिन गनेर लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउन समेत सबैमा आग्रह गरेका छन् ।

महानगरमा १ लाख ९१ हजारले मतदान गरेका मध्ये बालेनले सबैभन्दा बढी ६१ हजार ७ सय ६७ मत प्राप्तगरि विजयी भए । बालेनले २३ हजार भन्दा बढी मतको अन्तरले नेपाली कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंहलाई पछाडि पारेका हुन् । बालेनले अबको बाटो भने सहज नभएको स्वीकार गर्दै अभियानको वास्तविक परिक्षा अब सुरु भएको छ । त्यसैले बालेनको अभियानलाई सबै नागरिकले आ–आफ्नो क्षेत्र र समुदाययबाट सल्लाह, सुझाव र सहयोग गरि अबको पहिलो यात्रा काठमाडांै शहरको मुहार फेर्नलाई लक्षित गरी परिवर्तनलाई साथ दिन जरुरी छ । घरभित्र पानीको अभाव र घरबाहिर सडक, फोहोर तथा ढलको समस्या भोगिरहेका नगरवासीका लागि बालेनको विजय अग्निपरीक्षाका रुपमा आगामी ५ वर्षसम्म हुने छ ।