मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना


चितवन भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएको छ । शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी दाहाललाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको हो।

उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।

अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ। प्रहरी स्रोतका अनुसार उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्।

उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल भर्ना गरिएको हो। दाहालको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।