बालेन साह पुगे सिसडोल र बञ्चरेडाँडा


काठमाडौं जेठ १४। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले औपचारिक विजयी घोषणा भए लगत्तै सक्रियता देखाएका छन् । बालेन औपचारिक विजयी घोषणा भएकै दिन शुक्रबार नै सिसडोल र बञ्चरेडाँडाको अवलोकनमा पुग्नुभएको छ । शुक्रबार मेयर बालेनले सिसडोल र बञ्चरेडाँडा क्षेत्रको अवलोकन गर्नुभएको हो ।

उहाँले फोहोरको समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने बताउँदै आउनुभएको छ । उहाँले शुक्रबार मेयरमा निर्वाचित भएपछि काठमाडौंबासीलाई धन्यवाद दिन एक र्‍याली आयोजना गर्नुभएको थियो । र्‍याली खुलामञ्चमा पुगेर आमसभामा परिणत भएपछि मेयर बालेन फोहोर व्यवस्थापनका लागि सिसडोल र बञ्चरेडाँडा अवलोकनका लागि पुग्नुभएको हो । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको औपचारिक घोषणा गरेलगत्तै नवनिर्वाचित मेयर बालेनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गर्नुभएको थियो ।