आगामी वर्ष आयात २० प्रतिशत घटाइने, ५ वर्षमा व्यापार सन्तुलन


सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने जनाए ।

उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरे । यस्तै, आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने समेत बताए ।

सरकारले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट बिनियोजन गरेको छ।   अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा बजेट भाषण गर्दै सो घोषणा गरेका हुन् ।

सरकारले स्थानीय तहहरुलाई ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा सेयर लगानी गर्न दिने भएको छ ।

आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थालाई पुनर्संरचना गर्ने उल्लेख छ ।यसमा अब गाउँपालिकाले ५० लाख र नगरपालिकाले एक करोडसम्म लगानी गर्न सक्नेछन् ।

सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।