सरकारी गाडी नकिन्ने घोषणा, खाना पाकाउन ग्यासको मुख्य बढ्ने


सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ । सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो ।

आगामी वर्षका लागि आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । उनले मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गर्ने घोषणा पनि गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षदेखि आयकरको सिमा बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट भाषण गर्दै आयकरको सिमा ५ लाख रुपैयाँ र विवाहितको हकमा ६ लाख रुपैयाँ पुगेको छ ।
सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ। वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै मूल्य बढ्ने भएको हो । हाल सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको छ । यससँगै उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्न १८०० रुपैयाँ तिर्नुपर्थ्यो । जुन, मूल्य अब बढ्ने भएको हो ।

 

यसैगरी, सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्याँस मुक्त बनाउने भएका छ । ती स्थानमा विद्युतीय चुलोको प्रयोग गरिनेछ ।