गायक युवराज चौलागाईको मेरी माया नक्कली लभ्ली पाराको म्यूजिक भिडियो सार्वजनिक


लोक दोहोरी गायक युवराज चौलागाईको नयाँ लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । इन्द्रेणी कार्यक्रमको नयाँ स्टुडियोमा म्युजिक भिडियो छायाङकन गरि सार्वजनिक गरिएको हो । गितको शव्द तथा रचना युवराज चौलागाई आफैको रहेको छ । गीतमा स्वर चौलागाई र रिना केसीले दिएका छन् । चर्चित नयाँ प्रतिभावान गायिका केसीले भिडियोमा अभिनय गरेकी छन् । यता सामुहिक नृत्यमा सम्प्रिया खड्का, प्रकाश शर्माको नेतृत्वमा जोसेफ विद्यालयका कलाकारहरुको प्रस्तुती गरेका छन् ।
इन्द्रेणीको स्टुडियो भित्र र बाहिर निकै नयाँ तरिकारले अधिकतम प्रविधिको प्रयोग गरि छायाङकन गरिएको निर्देशक उधिराम खड्काले बताएका छन् । अन्य सहयोगी कलाकार तथा गायक गायिकाहरुमा इन्द्रेणी कार्यक्रममा कलाकारहरुले साथ दिएका छन् । गीतको छायाङकनमा सिने मेट्रोग्राभर मिराज अर्यालले गरेका छन् । प्राविधिक संयोजनमा दिपक घिमिरेले गरेका थिए । आधा दर्जन भन्दा बढि लोक दोहोरी गीतको एल्बम समेत निकाली सकेका चौलागाईको हालै आएको काठमाडौं सुकेधाराको मेरी माया नक्कली लभ्ली पाराको ‘ बोलको गीत इन्द्रेणी युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतले मुख्य रुपमा युवा युवतीबीच एक अर्कालाई मन पाराएको विषयलाई समेटिएको छ । लोक दोहोरी गीतमा युवा अवस्थाका युवायुवती बीचको चीनजान मायाप्रेम हुदैं एक सफल जोडीमा परिर्णत भएको विषयबस्तुलाई गीत संगीतको माध्यम मार्फत प्रस्तुत गरिएको छ ।
सार्वजनिक भएको गितमा सयौ पाका पुस्ताहरुले समेत निकै चाखका साथ अन्तिमसम्म साथ र सहयोग दिएको देखिन्छ । इन्द्रेणीको स्टुडियोमा आएका दर्शकहरुले समेत गीतमा मजासंग साथ र सहयोग दिएका छन् । मौलिक शैलीलाई प्राथमिकता दिइएको भिडियोमा गतिविधिहरुलाई निकै रोचकताका साथ हेर्नुका साथै छमछमी नाचेका देख्न सकिन्छ । सार्वजनिक भएको म्युजिक भिडियो गीतमा कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कंडेल, व्यवस्थापक प्रतिमा कंडेल लगाएका वरिष्ठ कलाकारहरुले साथ दिएका छन् । समसामयिक विषयवस्तु र युवा युवतीहरुमा लक्षित यो लोक दोहोरी गीतले साचिकै आम युवा पुस्तादेखि पाकापुस्तासम्मलाई समेटेको भन्दै स्थानीय लोक कला मौलिकतालाई समेटेको भन्दै अध्यक्ष कंडेलले गीतको निकै प्रशांसा गरेका थिए । गीतको भिडियोमा गायक छत्र शाहीले समेत अभिनय गरेका थिए । इन्द्रेणीका सम्पूर्ण टिमको विभिन्न अभिनयमा साथ दिएका छन् ।