तारा एयरको उडान पोखरा–जोमसोम रुटमा स्थगित


 

तारा एयरको पोखरा(जोमसोम–पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि पोखरा९जोमसोम९पोखरा उडान स्थगित गरिएको जनाएको छ ।

 

पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको शव आज मात्रै आफन्तलाई बुझाइएको छ । सरकारले उक्त विमान दुर्घटनाका विषयमा जाँच गर्न एक आयोग गठन गरेको छ । उक्त आयोगलाई विमान दुर्घटनाको कारण र आगामी दिनमा दुर्घटना हुन नदिन चालिनुपर्ने कदमबारे सुझाव दिन कार्यादेश सरकारले दिएको छ ।