फोहोर व्यवस्थापन पूर्वमुख्य सचिव पौड्यालको धारणा


पूर्वमुख्यसचिव लिलामणि पौड्यालले राजधानीको फोहोर व्यवस्थापनका बारेमा आफ्ना सुझाव व्यक्त गरेका छन् । चीनका लागि नेपाली पूर्वराजदूतको रुपमा काम गरिसकेको पौड्यालले राजधानीमा थुपिर्दै गएको फोहोरको समाधानका उपायसहित समाधानको विकल्प समेत दिएका छन् ।

विगत केही समयदेखि काठमाडौका सडकभरी फोहर थुप्रिएर दुर्गन्धित भएको छ। नगरको नयाँ नेतृत्व डम्पिङ साइटका समस्या समाधान गर्न दौडधुप गरिरहेको देखिएको छ। संक्रमण फैलिएर जनस्वास्थ्यमा गंभीर असर पर्ने खतरा देखिदैछ।

यता एकदुई दिन देखि फोहर बर्गिकरण सम्बन्धी सरल उपाय र फोहर व्यवस्थापनका लागि उपयोगि सामग्री सामाजिक सन्जालमा देखिएपछि वाग्मती सरसफाई महाअभियानका अभियन्ताहरूले त्यो सन्देश शेयर गरिरहेका छन्। कतिपयले उनीहरूलाई आफ्नो घरमा के गरेु भनेर प्रश्न गरेको पनि पाएँ। प्रश्न जायज छ।

वाग्मती सरसफाई महाअभियानको एउटा महत्वपुर्ण अभियान माथिल्लो भेग गोठाटार क्षेत्रमा ुशुन्य फोहर, मेरो फोहर मेरो दायित्वु सफल कार्यान्वयन भइरहेको छ। वडा नं चार (जहाँ अहिले म बस्छु) कुहिने फोहर र नकुहिने फोहर छुट्यार संकलन गर्न थालेको एक वर्ष भयो। कुहिने फोहरवाट ग्यास निकाल्ने काम मेरो घरमा परीक्षणका रुपमा २०७० मै शुरु गरेको थिएँ। जस्ले गर्दा इन्धन नपाउँदा पनि नाकाबन्दीका बेला केही राहत भएको थियो। पछि म र मेरो श्रीमति दुबैजना नेपाल बाहिर भएको र समयमा त्यसलाई नियमित फोहर दिने मान्छे नभएकोले बिग्रेर गतवर्ष त्यसलाई बिगार्नु परेको थियो। अरुलाई सल्लाह दिनुभन्दा पहिले आफैले गरौं भनेर नै मैले त्यो मेरो घरमा जोडेको थिएँ। अलि झन्झटिलो र केही लगानि गर्नुपर्ने यो प्रविधि होटल रेष्टुराँमा उपयोगि हुने देख्छु ।

फोहर छुट्याउने र नकुहिने एवं पुनप्रयोग वा प्रशोधन पनि गर्न नसकिने सानो परिमाणको फोहरमात्र डम्पिङग साइट लैजान वास्तबमा विगतका धेरै वर्ष देखी नै हामीले नगरपालिकाको अग्रसरता खोजेका थियौं। काठमाडौंका वडा नं ४ र ११ का वडा अध्यक्षले सांकेतिक रुपमामात्र सहभागिता जनाएको तर अरु नगर नेतृत्वले पुरै असहयोगि र ुयो काम हाम्रालागि गरिदिनु परेकोु जस्तो एकदमै गैरजिम्मेवार र अनुत्तरदायी ब्यवहार देखाएकोले हाम्रो बर्गिकरणकोको प्रयासले ठुलो परिणाम देखाउन सकेन। संसारका कतिपय शहर ९संघाई० ले त फोहर बर्गिकरण नगर्ने घरधनीलाई दण्ड गर्ने कानुन नै बनाएका छन्।

नगरको नयाँ नेतृत्व फोहर उठाउन दौडधुप गरिरहेको देखिएको छ। यदि चाहन्छ भने विगत ९ वर्षदेखि कृयाशील स्वयंसेवी वाग्मती सरसफाई महाअभियान घरघरमा यो बर्गिकरण गर्ने अभियान लैजान तयार छ। जजस्ले यो पढ्नु भएको छ र काठमाडौको नयाँ नेतृत्वसम्म सहज पहुँच छ वहाहरुलाई यो सन्देश नयाँ नेतृत्वमा पर्याइदिनुहुन अनुरोध छ। सामाजिक सञ्जालमा फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई सुल्झाइका सुझावहरु यस्ता छन् ।

फोहोर व्यवस्थापन चुनौती कि अज्ञानता ?

१। कागज जति एउटा बोरामा राख्नुस बिक्री हुन्छ १ क्रेट उद्योगले लिन्छ ।
२। प्लास्टिक जति एउटा बोरामा राख्नु स त्यो पनि बिक्री हुन्छ १ प्लास्टिक उद्योगले लिन्छ।
३। फलाम जति एउटा बोरामा राख्नु स बिक्री हुन्छ १ फलाम उद्योगले लिन्छ ।
४। काठका टुक्रा एउटा बोरामा राख्नुस बिक्री हुन्छ १ इट्टा उद्योगले लिन्छ ।
५। पुराना कपडाहरु धोएर एउटा बोरामा राख्नु स बिक्री हुन्छ १ फिटेर कुसन, डसना बनाउन सक्नुहुन्छ ।
६। सकभर खाना खेर फाल्ने गरी नबनाउनु स घर खर्च बचत हुन्छ ।
७। तरकारी काटदा निस्कने टुक्रा कम्पोस्ट पिटमा राख्नु स कौसी खेतीलाई मल हुन्छ ।
हामीबाट सिर्जित फोहोरलाई मोहरमा बदल्ने अभियान समुदायबाट नै सुरु गरौं न !