मेयर बालेनको अभियानलाई सघाउन डाँफे फाइवर उत्पादन प्रालि प्लाष्ट्रिक लैजान तयार


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को फोहोर मैला व्यवस्थापन अभियानमा काभ्रेका युवाले सघाउने भएका छन् । राजधानीमा उत्पादन हुने प्लाष्ट्रिकजन्य फोहोर आफुहरुले हरेक दिन उठाउन तयारभएको बताएका छन् । अहिले राजधानीमा मुख्य समस्याको रुपमा रहेको प्लाष्ट्रिकजन्य फोहोरलाई अत्याधुनिक प्रविधिजन्य उपकरणको माध्यम मार्फत प्रशोधन गरी नयाँ सामान बनाउने भन्दै मेयर बालेनको अभियानलाई साथ दिने बताएका हुन । नगरपालिकाको वडास्तबाटै फोहोर संकलन गर्ने प्रक्रियामा सुधार गरी जम्मा भएको पराष्ट्रिक आफुहरुले जिम्मा लिने डाँफे फाइवर उत्पादन प्रालिका सञ्चालनक गोकुल कोइरालाले स्पष्ट पारे ।

विदेश खाडी मुलुकमा बसी काम, क्षमता सिप र व्यवसायको अनुभाव समालेका १० जना युवाहरु फोहोर प्लाष्ट्रिक व्यवथापनमा लागेका छन् । डाँफे फाइवर उत्पादन प्रालिको नाममा कम्पनी स्थापना गरी शरही क्षेत्रमा अत्यधिक फोहोरको रुपमा रहेको प्लाष्ट्रिकजन्य वस्तुको संकलन गरी प्रशोधन गर्ने अभियानमा लागेका हुन । उनहीहरुको संयुक्त पहमा स्वदेशमै विदेशमा सिकेको सिपलाई सदुपयोग गरी अन्यलाई समेत रोजगारी दिन सकिन्छ भन्ने मुख्य लक्ष्यसहित लागेका हुन ।

त्यतिमात्र होइन शरही क्षेत्रदेखि विस्तारै ग्रामीण क्षेत्रसम्म फैलिएको प्लाष्ट्रिकजन्य सामानको बढ्दो प्रयोगलाई रोकथाम तथा प्रयोग गरिएका सामानलाई पुनः प्रयोग गरि अन्य सामानहरु उत्पादन गरी फोहोरबाट मोहोर उत्पादन गर्ने लक्ष्य यी युवा जमातले राखेका हुन । प्रदुषणको मुख्य समस्याको रुपमा रहेको शहरी क्षेत्रको फोहोरलाई संकलन गरी पुनः प्रशोधन गरेर अन्य सामानहरु बनाउन सकिने सिप युवाहरुले अनुभव गरेर काम गरेको विषयलाई आफ्नै माटोमा घरपरिवारसंगै बसेर कामको सुरुवात गर्न थालेका हुन ।

१० जना युवाको योजना बमोजिम सुरु हुन लागेको कम्पनीले शहरी क्षेत्रमा विकल्लाल समस्याको रुपमा देखा परेको नकुहिने फोहोरको रुपमा रहेको प्लाष्ट्रिका बोतल, सामान राख्ने साना तिना पातलो प्लाष्ट्रिक, प्लाष्ट्रिकका भाडा कुंडाजन्य सामानहरु कम्पनीमा लागी पुनः प्रशोधन गरी नयाँ–नयाँ सामान तथा निर्माण सामाग्रीहरु तयार गर्ने लक्ष्य बताएका छन् ।

विदेशको तातो भूमिका काम गरेर बचत गरेको रकमबाट पहिलो चरणमा २ करोड रुपैयाँ लगानी गरेको सञ्चालक गोकुल कोइराला र पुरुषोत्तम कोइरालाले बताएका छन् । विश्वव्यापी रुपमा आर्थिक संकट उत्पन्न हुनै गएको अवस्थामा नेपाल समेत यसको प्रभावमा परेको कारण आफूहरुले मगाएका थप उपकरणहरु समयै नेपाल ल्याउन नपाउँदा थप काम समयमै सञ्चालन गर्न नपाएको उनीहरुको भनाई छ ।
६ महिना देखि ६ रोपनी जग्गा भाडामा लिई काभ्रेको पाँचखालमा कम्पनी सुरु गरेको जनाएका छन् । प्रदुषणरहित रुपमा अन्तर्राष्ट्रिय गुणस्तरयुक्त उपकरणबाट फाइवरका सामानहरु तयार गर्ने मुख्य लक्ष्य छ । यी युवाहरुले अझै विदेश तथा स्वदेमै रहेर सकरात्मक सोचका साथ इमान्दारीता र कमशिलतामा विश्वास गर्ने अन्यलाई समेत जोड्न सकिने बताउँछन् ।

आफुहरुले नै थप जनशक्तिलाई दक्ष सिप सिकाई पाँचखालमा मात्र नभई मुलुक भित्रका प्रमुख शहरहरुमा प्लाष्ट्रिकजन्य वस्तुको संकलन, प्रशोधन, उत्पादन र वजारीकरणमा लाग्ने अभियान सुरु गर्ने भएका हुन । जसले गर्दा स्वदेशमै उत्पादित सामानहरुको प्रयोग गर्नमा राज्यस्तरबाटै अभियान सञ्चालन गर्ने हो भने स्वदेशी उत्पादन बजार पाउनका साथै आयातलाई समेत केही हदसम्म प्रतिस्थापन गर्न सकिने योजना युवाहरुको छ ।

आफ्नो कामलाई सम्बन्धित निकायले साथ दिएमा राज्यलाई समेत आम्दानी दिनुका साथै स्वदेशमै थप आयआजनका काम सृजना गरी सामान्य नागरिक विदशी भूमिका जानबाट रोकथाम गर्न सकिनेमा युवाहरु सजक छन् । अहिले सबै स्थानिय तहको मुख्य समस्याको रुपमा रहेको फोहोर मैला व्यवस्थाप नै ठुलो चूनौति बनेको अवस्थामा क्षमतावान युवाहरुलाई देशैभरबाट सात र सहयोग गर्न सकेमा मुलुक सुन्दर हुनमा समय लाग्ने थिएन । अनि फोहोर फाल्नको लागि रकम दिएर व्यवस्थापन गर्नुको साटो प्लाष्ट्रिकजन्य फोहोरबाट उल्टै आम्दानी गर्न सकिने दिन समेत नजिक आउने छन् ।

त्यतिमात्र होइन यी १० भाईले प्लाष्ट्रि संकलन गर्ने प्रशोधन गर्ने, सामान उत्पादन गर्ने र बजारीकरण गरी प्राप्त भएको रकम कर्मचारीको व्यवस्थापन गरी बचेको रकम मुलुकका विभिन्नस्थानमा रहेका दुःखीपीडित, आर्थिक अभावबाट शिक्षा लिन बञ्चित बालबालिकाहरुलाई सहयोग गर्ने मानविय कार्यमा लगानी गर्ने महान ध्यये राखेका छन् ।

स्वाभिमान राष्ट्रपे्रमी युवाहरुले उमेर पुगेर पनि कुनै सिप क्षमता नभएकाहरुलाई कामको माध्यमार्फत नै सफल जीवन जीउनसकिन्छ भन्ने प्रेरणाको समुदायस्तरमै अभियान सञ्चालन गरि क्षमतागत विकासमा समेत काम गर्ने लक्ष्य राखेका छन । यतिमात्र होइन यी कमशिल युवाहरुले विदेशी भूमिमा काम गर्दाको पिडा, त्यहाँका अपहेलना अनि अमानविय विभेद र भेदभावका साथै अनावश्यक कानूनी झमेलामा नेपालीहरुलाई फसाईएका विषयहरुको बारेमा समेत खप्ती खानु परेको स्मरण गर्छन । त्यसैले विदेशमा लहडमा लागेर हिड्नुभन्दा आफ्नै मुलुकमा केही गर्न युवा शक्तिलाई समेत सहयोग पुगोस भन्ने थप युवालाई प्राथमिकतामा राखेर सिप सिकाउने उनीहरुको उद्देश्य छ । अनि विदेश जानुभन्दा पहिला आफूले गर्नुपर्ने आधारभूत सिप र क्षमताको बारेमा समेत समाजलाई थप प्रष्ट उनीहरुको सोच छ ।

यो कम्पनीले आफ्नो लक्षित क्षेत्र सुरुका दिनमा भने राजधानीलाई बनाउने भएको छ । कम्पनी सञ्चालनमा आएपछि कच्चा पदार्थको मुख्य स्रोत भनेकै काठमाडौं, ललितपुर र भक्तपुर हुने छन । यी शहरहरुबाट फोहोर उत्पादन हुने घर, कार्यालय तथा सार्वजनिक स्थलमा सुरुवाती चरणबाटै व्यवस्थित रुपमा प्लाष्ट्रिक संकलन गर्न अभियान थालिने कोइरालाले बताएका छन् । यसरी व्यवस्थित रुपमा फोहोर संकलनको लागि सम्बन्धीत वडा, पालिका तथा फोहोर संकलन केन्द्रहरुसंग समेत समन्वय गरि आफुहरुको अभियानलाई सघाउन उनीहरुको आग्रह छ । फोहोर र प्लाष्ट्रिकले सुन्दर शहर उल्टै अव्यवस्थित र कुरुप भैरहेको समयमा व्यवस्थित गरी आफूहरुलाई दिएमा मुलुक भित्रै सयौं जनाका थप रोजगारी सृजना हुने बताएका छन ।

सुरुवाती चरणमा कम्पनीले राजधानीबाट दैनिक ३ हजार किलो अर्थात ३ टन प्लाष्ट्रिकजन्य फोहोर खपत गर्ने लक्ष्य छ । कम्पनीलाई आवश्यक पर्ने अन्य फोहोर समेत अन्य शहरमा संकलन गरी पुनः प्रशोधन भएका सामानलाई राजधानी ल्याइने छ । यो अभियान सफल हुदै गएमा प्रदेशस्तरमा समेत थप कम्पनी विस्तार गरी काम गरिने भएको हो ।

१० भाइको राज्यसंग अपेक्षा
ऋणमा सहुलियत दिनुका साथै समयसिमा भित्र ऋण प्रवाहमा सहजता गर्नुपर्ने ।
ऋणप्रवाहमा प्रक्रियागत झन्झटको अन्यगरि कामको सही मुल्याङकका साथै वास्तविक लगानीकर्ताहरुको पहिचान गर्नुपर्ने ।
उपकरण खरिदमा भन्सार छुटको व्यवस्था हुनुका साथै आवश्यक पर्ने विद्यूतीकरण सहजीकरण गरी सुविधा दिने ।
स्थानीय तहले सुरुवाती चरणदेखिनै फोहोरको व्यवस्थापनमा जनसचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने ।
फोहोरजन्य पदार्थ व्यस्थापन गर्ने उद्योग तथा कम्पनीहरुलाई प्रोत्साहन गर्ने वातावरणको सृजना गर्ने ।
उत्पादित सामग्रीको वजारिकरण र प्रयोगमा सम्बन्धीत निकायले आवश्यक समन्वय गरी स्वदेशी उद्योगका सामानलाई उच्च प्राथमिकतामा राख्नुपर्ने ।