जम्मू कश्मीर भिडन्तमा हिजबुल कमाण्डर मारिए, तीन सैनिक घाइते


जम्मू कश्मीर प्रहरीले अनन्तनागको कपरानमा सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा हिजबुल मुजाहिद्दीनका एक कमाण्डर मारिएका छन् । यस भिडन्तमा तीन सैनिक र एक नागरिक पनि घाइते भएका छन्। भिडन्तमा मारिएका कमाण्डर निसार खाँडे रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हतियार समेत बरामद गरेको दाबी गरेको छ ।

अर्को घटनामा, शुक्रवार राति शोपियानको एल्गार क्षेत्रमा ग्रेनेड विस्फोटमा दुई गैर(कश्मीरी कामदार घाइते भएका छन्। दुवै कामदारलाई सामान्य चोट लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, ‘आतंकवादीहरूले एल्गारमा हात ग्रेनेड हानेका छन्, जसमा दुई गैर(कश्मीरी कामदारहरू सामान्य घाइते भएका छन्। क्षेत्रलाई घेराबन्दी गरिएको छ।ू

पछिल्लो २४ घण्टामा गैर(कश्मीरी मजदुरमाथि यो दोस्रो आक्रमण हो। बिहीबार राति बडगाममा दुई गैर(कश्मीरी कामदारमाथि गोली प्रहार गरिएको थियो। उक्त गोलीबारीमा बिहारका एक मजदुरको मृत्यु भएको थियो।–एजेन्सी