इन्द्रेणी कार्याक्रम हेर्न स्टुडियोमा एकै दिन ५ सय भन्दा बढि दर्शक


इन्द्रेणी काार्याक्रम छायाङकन हुने स्थान बुद्धनगर बानेश्वरमा एकै दिन नयाँ स्टुडियोमा ५ सय जनाभन्दा बढि दर्शक तथा शुभचिन्तकको सहभागी भएको छ । शुभ गर्जन महिला समूह सितापाईला र पारिजात महिला समूह ललितपुरलगायत विभिन्न परिवार, व्यक्ति तथा संगितप्रेमी सहयोगी मनहरुको सहभागिता भएको हो ।

बैशाख १ गतेदेखि यस स्टुडियो नियमित रुपमा सञ्चालनमा आएसंगै प्रत्यक्ष रुपमा कार्यक्रम हेर्न आउने दर्शकहरुको घुईचो लाग्ने गरेको हो । यस कार्यक्रम मार्फत विगत ढेड दशकदेखि विभिन्न दुःखी पिडित, मृगौला, मुटु अपाङ तथा विपन्न परिवार, गौशालालगायतलाई सहयोग गर्दौ आएको छ ।

त्यसैगरी हुनेले दिने र नहुनेले लिने व्यवसथा बमोजिम स्वदेश तथा विदेशमा बसोबास गर्ने मनकारी मनहरुले कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत सहयोग गर्दै आएका छन् । इन्द्रेणी जस्ताको तस्दै भन्दै यस कार्यक्रम मार्फत सेवा, सन्देश र मनोरञ्जन दिर्दैआएको संस्थाका अध्यक्ष कृष्ण कंडेललको भनाई छ । हरेक दिन छायाङकन हुने कार्यक्रमका फोटा कृष्ण कंडेल फेसबुक पेजबाट हेर्न सकिने छ ।

सम्पूर्ण फोटोका लागि यहाँ क्लिक गर्न गर्नुहोस् ।

https://www.facebook.com/Krishna.kandel2029