खाद्य संस्थानले रद्द गर्‍यो प्रशासन अधिकृतको लिखित परीक्षा


काठमाडौं, जेठ २६ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साविकको (नेपाल खाद्य संस्थान) ले २०७५ सालमा लिएको अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको छ। कम्पनीले विज्ञापन न. २१/०७५/७६ अधिकृत, प्रशासन, तह–६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको हो।

सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुुसार कम्पनीले २०७५ साल चैत १२, २६ र २७ गते लिएको लिखित परीक्षा रद्द गरेको जनाएको छ।

हेर्नुहोस सूचना