पर्यटनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ चलचित्र निर्माणका लागि दिए आफ्नो ५ महिनाको तलव


काठमाडौं, जेठ २६ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्म ‘सर्वजीत’ निर्माणका लागि पूर्वघोषित प्रतिबद्धता अनुसार पाँच महिनाको निर्देशक दिनेश डिसीलाई उपलब्ध गराएका छन् । दलित आन्दोलनका अभियन्ता भगत सर्वजीत विश्वकर्माको जीवन चित्रण गर्ने चलचित्र सर्वजित यही भदौबाट छाँयांकन हुँदै छ ।

मन्त्री आलेले बिहीबार नै चलचित्रको शुभमूहुर्तको बेला प्रधानमन्त्री निवास वालुवाटारमा चलचित्र निर्माणका लागि आफ्नो ५ महिनाको तलव लेभी काटेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्री आलेद्वारा हस्तान्तरित कार्यक्रममा दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौराको समेत उपस्थिति रहेको थियो ।