काठमाडौंमा एकबिहानै भूकम्प, हल्लायो उपत्यकासहित आसपासका जिल्ला


काठमाडौं, जेठ २८। शनिबार बिहानै भक्तपुरको चागुनारायण केन्द्रबिन्दू भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा उक्त भूकम्प गएको हो । उक्त भूकम्प ४.७ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो । प्रत्यक्ष महसुस हुनेगरी काठमाडौं उपत्यकामा लामो समयपछि भूकम्प आएको मापन केन्द्रले जनाएको छ । शनिबार बिहानको भूकम्पसँगै मानिसहरु घर बाहिर निस्केका थिए। कतिपय निदाएका मानिसहरुसमेत उठेका थिए ।