कृष्ण कंडेल स्टार म्युजिक अवाड २०२२ मार्फत सम्मानित


काठमाडौं, जेठ २८। स्टार म्युजिक अवाड २०२२ सम्मन भएको छ । कृष्ण कंडेल इन्द्रेणी फाउनेडेशनका अध्यक्ष तथा कार्यक्रम संचालक कृष्ण कंडेललाई स्टार म्युजिक अवाड २०२२ ले सम्मान गरेको छ । शनिबार ठमेलको छाँया कम्पेलेक्समा ग्रेट नटराज फिल्मस प्रा.लि.ले प्रथम पटक आयोजना गरिएको स्टार म्युजिक अवाड २०२२ ले नेपाली गित संगितको क्षेत्रमा रहेका बिभिन्न कलाकारहरु लाई बिभिन्न विधामा अवाड वितरण गरेको आयोजक ग्रेट नटराज फिम्सका अध्यक्ष अशोक बि.क.ले जानकारी दिएका छन्।

कंडेलले नेपाली सम्माजमा लोकगीत संगीतको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्याकंन गर्दै उक्त अवाडले सम्मान गरेको अध्यक्ष बि.क.ले बताउनु भयो । समारोहमा पुर्व खानेपानी मन्त्री बिना मगर लगायत  कलाकारहरुको उपस्थिती रहेको थियो ।