घरभित्र छिरेर हातपात गरेपछि राज्यमन्त्री वली प्रहरीकाे नियन्त्रणमा


काठमाडौं, जेठ ३१। लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिलाको घरमै पसेर हातपात गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  दाङको तुल्सीपुर बसपार्क नजिकैबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

मन्त्री वलीले एकजना महिलालाई घरमै गएर हातपात गरेको स्थानीयले बताएका छन् । घटनास्थलमा ठूलो संख्यामा स्थानीय जम्मा भएका थिए । प्रहरीले वलीलाई सुरक्षा घेरामा राखेर इलाका प्रहरी कार्यालय तुलसीपुर लगेको बताइएको छ । स्थानीयहरुका अनुसार मन्त्री वली आज बिहानै एकराज बस्नेतको घरमा घुसेर बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेकी हुन् । तर बस्नेत भने घरमा नरहेको जनाइएको छ ।