गायिका इन्दिरा जोशी विवाह बन्धनमा


काठमाडौं, जेठ ३१। गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गरेकी छन्। उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो। जोशी र केडिया केहि वर्षयता प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन्।

विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ। परिवारका केही सदस्यको उपस्थितिमा इन्दिरा सोमबार आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर सार्वजनिक गर्दै आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।