चितवनमा निउरो टिप्न गएकी युवतीलाई बाघको आक्रमण : युवतीको अवस्था अज्ञात


काठमाडौं, असार ०२। चितवनको एक सामुदायिक वनमा निउरो टिप्न गएकी युवतीलाई आज बिहान बाघले आक्रमण गरी बेपत्ता बनाएको छ। भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा आज बिहान करिब ७ बजे निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो। उनको अवस्था अज्ञात रहेको चितवन प्रहरीका प्रवक्ता रविन विष्टले जानकारी दिए। उनका अनुसार उद्धारका लागि इलाका प्रहरी कार्यालय दिब्यनगर, ईप्रका फुलवारी र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खटिएको छ। पछिल्लो समयमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घट्ना बढेको छ।