रवि लामिछानेले टेलिभिजन छाडे, काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना


काठमाडौं, असार ०२। टेलिभिजन पत्रकार रवि लामिछाने ग्यालेक्सी टिभीको काम राजनीतिमा लागेका छन्। आगामी निर्वाचनमा प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने तयारीस्वरूप उनले टेलिभिजनको काम छाडेका हुन्। उनले फेसबुकमा एक भिडियो राख्दै आफ्नो आवाजलाई टेलिभिजनकोल पर्दाबाट संसदसम्म पुर्‍याउन चाहेको बताएका छन्।

उनले भनेका छन्, ‘म रहरले सञ्चारकर्मी भएको हुँ। तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केही पनि होइन। यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रूपमा ग्रहण गरिदिनु होला’ आफू राजनीतिमा नयाँ पुस्ता बन्न चाहेको उल्लेख गर्दै यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमाबाट जानकारी गराउने बताए। उनले कार्यक्रममा आउनेहरू लाई खाना, खाजा बाइककाे सुविधा दिन नसक्ने बताए।