एसपीपीबारे सरकारको मौखिक जवाफले पुग्दैन, निर्णय नै चाहिन्छ : संसदीय समिति


काठमाडौं, असार ०३। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकासँग विवादास्पद स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सरकारको निर्णय माग गरेको छ । आज बसेको समितिको बैठकको सरकारको जवाफ मौखिक रुपमा नभएर निर्णयकै रुपमा आउनुपर्ने निष्कर्ष निकालेको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपीबारे सरकारले ठोस निर्णय र अहिलेसम्म भए गरेका कागजातहरु समेत समितिमा पेश गर्न निर्देशन दिइन् ।

आजको बैठकमा एसपीपीबारे छलफलका लागि परराष्ट्र मन्त्री र प्रधान सेनापतिलाई बोलाइएको थियो । समितिले सरकारको मौखिक जवाफले मात्र नपुग्ने भन्दै सो सन्दर्भमा अहिलेसम्म भएगरेका पत्राचार तथा कागजातहरू पनि एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ । साथै आइतबार बस्ने बैठकमा प्रधानमन्त्रीलाई नै बोलाएर आसन्न अमेरिका भ्रमणबारे जवाफ माग्ने बताइएको छ ।