रुकुमपश्चिममा जिप अनियन्त्रित भइ भेरी नदीमा खस्यो, चालक र सहचालकको मृत्यु


काठमाडौं, असार ०५। रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का रहेका छन्। जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भइ भेरी नदीमा खसेको हो।