डेढ घन्टामा ५० अंकभन्दा बढिले शेयर बजारमा गिरावट


आज सोमबार कारोबारमा आएको डेढ घण्टामै नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ५० अंकभन्दा धेरैको गिरावट आएको छ । बिहान ११ बजेदेखि कारोबारमा आएको नेप्से परिसूचक साढे १२ सम्मको समयावधिमा ५२ अंकले घटेको हो ।
यो समाचार तयार पार्दा सम्ममा नेप्सेमा आज ५२ अंकको गिरावट आएर परिसूचक १८ सय ८१ अंकको बिन्दुमा पुगेको छ ।

यसक्रममा आज ७५ करोड ७२ लाख ९३ हजार रुपैयाँ बराबरको २३ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ । यस अवधिसम्म नेप्सेमा जम्मा ३ कम्पनीको सेयर उकालो लागेको छ । भर्खरै आईपीओ बाँडफाँड भएका दुई वटा कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंकले ल्याएको डिबेन्चरमा वृद्धि देखिएको छ ।

सीवाई नेपाल लघुवित्त वित्तीय संस्थामा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ भने आँधीखोला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ८ प्रतिशत हाराहारीले बढेको छ ।