रवि लामिछानेको पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा, चुनाव चिन्ह घन्टी


काठमाडौं, असार ०७। ष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्। उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए।

चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।