रवि लामिछानेलाई तीन वरिष्ठ कलाकारको साथ


तीन चर्चित वरिष्ठ कलाकार राजाराम पौडेल, प्रेमराजा महत र किरण केसीले रवि लामिछानेलाई साथ दिएका छनन् । लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएर साथ दिएका हुन ।

राष्ट्रिय सभागृहमा आयोजना भएको पार्टी घोषणा समारोहमा यी तीन कलाकारले उपस्थित भएर समर्थन जनाएका हुन् । लामिछानेको नयाँ पार्टीप्रति समर्थन रहने जानकारी उनीहरुले दिएका छन् ।

उनीहरु लगायत अन्य कलाकारले समेत पार्टीलाई सघाउने दाबी लामिछाने समूहको छ । पार्टी गठनअघि यी कलाकारहरुसंग समेत छलफल र परामर्श भएको थियो ।
यी तीनैजना रवि निकट मानिन्छन् । किरण र राजारामका फिल्मको प्रिमियरमा रविले पनि भाग लिने गरेका थिए । ‘सिमसिमे पानी’ फेम्ड गायक महत र रवि अमेरिकामा रहँदैदेखि निकट बनेका थिए । रविको स्वतन्त्र पार्टी निर्वाचन आयोगमा घण्टी चिन्ह लिई दर्ता गर्ने तयारी भएको छ ।