वायुसेवा कम्पनीलाई नागरिक उड्डयन प्राधिकरणको चेतावनी 


नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई धाक(धम्की नचल्ने चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले हवाई उडान रोक्ने भन्ने वायुसेवा कम्पनीको धम्कीलाई जवाफी चेतावनी दिएको हो ।

वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने बताएको थियो । ‘हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन । धाक धम्की चल्दैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ ।

वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरूको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी चिढिएका छन् ।