ठेकेदारको मुद्दामा न्यायाधीश–वकिल घूस प्रकरणबारे श्रेष्ठको नेतृत्वमा छानबिन समिति


काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे न्यायपरिषद्‍ले सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको न्यायपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको कानुनमन्त्री गोविन्द कोइरालाले जानकारी दिएका छन् ।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घूस लेनदेनको अडियो वार्ता सार्वजनिक भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् । साथै उनले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

घटनाबारे न्यायपरिषद्‍बाट छानिबनको माग गर्दै उनले त्यसमा पूर्ण सहयोग गर्ने पनि बताएका छन् । न्यायाधीश कोइरालाले फेसबुकमा लेखेका छन्, ुमबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषद्‍बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।ु