कास्कीको धम्पुस केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौं, असार ०९। कास्कीमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ३ः ५६ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

स्थानीयवासीले भूकम्पको धक्का गण्डकी प्रदेशको पर्वत, म्यादी, बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरेको बताएका छन् । भूकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।