एसपीपी रोकेपछि नेपाल सरकारको निर्णयको चीनले गर्‍यो प्रशंसा


काठमाडौं, असार १०। अमेरिकी सेनाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने नेपाल सरकारको निर्णयको चीनले प्रशंसा गरेको छ । चिनियाँ विदेश मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षामा सधै सघाउने पनि बताउनुभयो । उहाँले नेटोलाई चीन बिरुद्ध गलत सूचना नफैलाउन, विवाद निम्त्याउने गरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शितयुद्ध ननिम्त्याउन पनि चेतावनी द樂威壯
िनुभयो ।

अमेरिकी शैलीको प्रजातन्त्रका विषयमा प्रशस्त प्रश्न उठाइएको र आलोचना गरिएको पनि उहाँको तर्क छ । अमेरिकी नेताले प्रजातन्त्रलाई व्यक्तिगत र समूहगत फाइदाका लागि प्रयोग गर्ने र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने हतियारका रुपमा प्रयोग गरेको आरोप पनि चीनले लगाएको छ । अमेरिकाले एमसीसी अनुमोदन गराउने क्रममा पनि नेपालीमाथि जबर्जस्ति गरेको आरोप लगाएको छ ।