नेकपा एसमा मन्त्री पदले खट्पट सुरु


सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्री पदको लोभले गम्भीर विभाजनको संकेत देखा परेको छ । मन्त्रीहरुलाई फिर्ता बोलाउने २२ जेठ २०७९ मा पार्टीबाट सरकारमा सहभागी भएका ४ मन्त्रीहरुलाई फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयले एकीकृत समाजवादीभित्र तीव्र मतभेद चुलिएको हो ।

त्यस मतभेदले पार्टीमा गम्भीर समस्या भएको छ। स्वास्थ्य मन्त्री तथा नेता विरोध खतिवडाले १० जना सांसदहरुले पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको बताएका छन् । ‘हामी ४ जना मन्त्रीसहित समानुपातिक सांसदहरु मिलेर १० जनाले पार्टी अध्यक्षसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छौँ, ८ बुँदामा रहेको ध्यानाकर्षणमा हामीले पार्टीले गरेको कच्चा निर्णयको विरोध गरेका छौँ,’ मन्त्री खतिवडाले भनेका छन् ।

विरोधको दर्ता नम्बर दर्ता नम्बर १७ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । खतिवडासहित, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री किसान श्रेष्ठ, पर्यटन मन्त्री प्रेम आले, सांसदहरु कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्। हाल संघीय संसदमा एकीकृत समाजवादीका २३ जना सांसद छन्।