शिक्षा नै विकासको मेरुदण्ड : शिक्षामन्त्री पौडेल


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका छन् । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा बोल्दै मन्त्री पौडेलले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका हुन । बौद्ध विश्वविद्यालय विशिष्टीकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्व रहेको बताए ।

‘आनन्द हुनु भनेको ज्ञान प्राप्त गरेर बहुत्व प्राप्त गरी आत्मिक एवम् भावनात्मक रुपमा सन्तुष्टि हुनु हो’, भन्दै पौडेलले ‘भौतिक समृद्धि पूर्वाधार विकासबाट हुन्छ भने आत्मिक समृद्धि शान्ति, शिक्षा, नैतिकता, अनुशासन र मानवतबाट प्राप्त हुन्छ ।’

उनले समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्नेमा जोड दिएका छन् । ‘समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्छ’मन्त्री पौडेलले भने ‘नागरिकलाई ज्ञानी बनाउने शिक्षा नै हो ।’ उनले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयागी बनाउने गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।