मेयर बालेनको पालिकाले भण्डै २५ अर्बको बजेट ल्यायो


काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी गराएकी छन् । यो कुल बजेटको २० प्रतिशत हो ।

त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।बजेट खर्चको स्रोत व्यवस्थापनतर्फ महानगरले सञ्चितकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार बाहेक सामाजिक सुरक्षा भत्ता, संघीय सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने र स्थानीय सञ्चितिकोष बाहेकको बजेटमा समावेश हुने ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहेको महानगरपालिकाले जनाएको छ ।