एमालेले जनप्रतिनिधिले पोखरामा रातो किताव च्याते


पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गर्दै रातो किताव च्यातेका छन् । उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् ।

उनीहरुले रातो किताब समेत च्यातेका छन् । ‘नगरप्रमुखले बजेट भाषण नगर्दै रातो किताब आएको छ । यो हामीलाई मान्य छैन,’ एमाले नेता राधिका शाहीले बताइन् ।