इन्द्रेणी कार्यक्रममा हिमालय बोडिङ स्कूलका विद्यार्थीहरुको प्रस्तुत


काठमाडौं, असार १० । हिमालय बोडिङ स्कूल गौशालाका विद्यार्थी र शिक्षकहरुले इन्द्रेणी कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनको कार्यक्रमा इन्द्रेणी मार्फत स्टुडियोमा आएर लोक कला तथा नृत्य प्रस्तुत गरेका हुन । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयले सबै कक्षामा लोक दोहोरी तथा कलामा चासो लाख्ने ८० जना विद्यार्थीसहित शिक्षक र अभिभावक सहभागी भएका हुन ।

विद्यालयका प्रमुख नेत्र उपाध्यायले विद्यालयस्तरबाटै मौलिक लोक भाकाहरुको जग्रेना गर्न बालबालिकाहरुलाई उत्प्रेरण मिल्ने विश्वासका साथ इन्द्रेणी कार्यक्रममा सहभागी बनाइएको बताएका छन् । विद्यार्थीहरुले मौलिक लोक नृत्यका साथै गायन समेत प्रस्तुत गरेका छन् । सेवा, सन्देश र मनोरञ्जन दिने मुख्य ध्ययले सञ्चालित इन्द्रेणी कार्याक्रममा सहभागी भएसंगै सेवा भावको समेत विकास हुने सहभागीहरुको बताएका छन् । राम्रोसंग जुनसुकै क्षेत्रमा लागेर पनि प्रगति गर्न सकिन्छ भन्ने आत्म विश्वास बढेको सहभागी विद्यार्थीहरुले बताएका छन् ।

प्रत्यक्ष सहभागी हुदाँ निकै छुटै अनुभूति हुनुका साथै स्टुडियो भित्र नेपाली मौलिक र परम्परागत संस्कृति झल्किने सामानहरु देख्न पाउदै निकै खुशी लागेको बताएका छन् । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले लोक दोहोरी, लोक गित तथा नृत्य समेत प्रस्तुत गरेका हुन । विद्यालयमा मात्र अतिरिक्त क्रियाकलापमा सहभाागी हुनुभन्दा प्रत्यक्ष रुपमा साङगितिक कार्यक्रममा सहभागी हुदाँ सिकाई र ज्ञानमा थप शक्ति विकास हुने भएकाले स्थानीय मौलिक लोक दोहोरी प्रस्तुत हुने इन्द्रेणीको स्टुडियोमा सहभागी भएको हिमालय बोडिङ स्कुलका प्रमुख उपाध्यायको अनुभूति छ ।