इन्द्रेणी फाउण्डेशन मार्फत विरामीलाई आर्थिक सहयोग हस्तान्तरण


काठमाडौं, असार १२ । कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

इन्द्रेणी कार्यक्रमको स्टुडियोमा उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

इन्द्रेणी कार्यक्रम मार्फत हरि बहादुर रायमाझी र डिला कामी दुबै मृगौला फेल भएका, सुस्मिता धामी पेटमा पानी जमेको, राजेश विश्वकर्मा बोनम्यारो र प्रेमा वली नसामा समस्या भएका बिरामीलाई फाण्डेशनका अध्यक्ष तथा कार्यक्रम सञ्चालक कृष्णप्रसाद कंडेलले सहयोग हस्तान्तरण गरेका हुन ।