मौलापुर नगरपालिकाको बजेटले सम्बोधन गर्न खोजेका मुख्य ३० प्राथमिकता


काठमाडौं, असार १२ ।

मधेश प्रदेशको रौतहट जिल्ला अन्य जिल्लाको तुलनामा निकै विकास भएको मानिन्छ । अझै भन्ने हो भने रौतहट निर्वाचन क्षेत्र नम्बर ३ भने भने विकासको मोडलकै रुपमा परिचति भएको छ । यहाँ विकासप्रेमी नेता प्रभु साहको निरन्तर मेहनत र लगावकै कारण विकासले गुणत्मक फड्को मारेको हो । अन्य जिल्लाका नेता, मन्त्री र सांसदहरु आफ्नो क्षेत्रमा काम कम गफ बढि गर्ने गर्छन भने पूर्वमन्त्री काम बढि गफ कम गर्ने भएकै कारण विकास भएर पनि राष्ट्रिय स्तरमा प्रचारमा आउन सकेका छैनन । यस क्षेत्रमा नागरिकहरुलाई साथमा लिई पूर्व मन्त्री साहले सबै प्रकारका भौतिक पूर्वाधारको नमूनाकै रुपमा विकास गरेका छन् । उनको स्थायी बसोवार रहेको मौलापुर नगरपालिकामा समेत आगामी वर्षको नीति तथा कार्यक्रममले आम मानिसको भाावनालाई समेट्नुका साथै विकासमा नतिजा आउने खालको बजेट प्रूथतुत भएको छ । नगरपालिकाको सातौ नगरसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सम्बोधन गरेका महत्वपूर्ण कामको घोषणा


१. सहर निर्माणको लागि जग्गा एकीकरणको कार्य सम्पन्न यसै वर्ष गरिने ।
२. एकीकृत सरकारी कार्यालय भवन निर्माण कार्य यसै वर्ष सुरु गरिने ।
३. मौलापुर पिकनिक पार्क दोश्रो फेज सुरु गरिने
४. सोनरनिया पार्क निर्माण सुरु गरिने ।
५. सोनरनियामा नमुना दलित वस्ती निर्माण सुरु गरिने ।
६. एक गाउँ एक बाल उद्यान निर्माण सुरु गरिने ।
७. मौलापुर नगरलाई कच्ची सडक मुक्त नगर यसै वर्ष घोषणा गरिने ।
८. हर खेतमा निशुल्क सिचाइको व्यवस्था ।
९. फ्री वाइफाईलाई निरन्तरता एवं प्रभावकारी बनाईने ।
१०. नगरभित्र निशुल्क विद्युत उपलब्ध गराईने ।
११. आधारभूत तहको लागि स्थानीय पाठ्यक्रमको निर्माण यसै वर्ष गरिने ।
१२. स्नातक स्तरको पढाइको लागि कलेजको स्थापना गरिने १३. मौलापुर प्राविधिक शिक्षालयमा स्वास्थ्य क्षेत्र को अध्यापन सुरु गरिने ।
१४. नगरभित्रको प्रत्येक छात्रालाई निशुल्क प्राविधिक शिक्षा उपलब्ध गराइने ।
१५. नगर स्तरीय एक खेल मैदान यसै वर्ष सुरु गरिने ।
१६. मौलापुरमा २०० सैय्याको शिक्षण अस्पताल निर्माण गरिने ।
१७. उमेर पुगेका प्रत्येक महिलालाई निशुल्क स्यनिटेरी पैडको व्यवस्था ।
१८. उत्पादनमा संलग्न महिला समूह वा संस्थालाई विशेष अनुदानको व्यवस्था ।
१९. मर्यादपुर र मौलापुर दलित वस्तिका परिवारलाई यसै वर्ष लालपुर्जा उपलब्ध गराईने ।
२०. किसानलाई निशुल्क पानी तथा पेन्सनको व्यवस्था ।
२१. घोडगदहा र बदेलबाट पीडित किसानलाई राहतको व्यवस्था ।
२२. मौलापुर कोल्ड स्टोर निर्माण गरि संचालनमा ल्याईने ।
२३. पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व संपदा सुचिमा सुचिकृतको लागि विशेष पहल गरिने ।
२४. पुरातात्त्विक संग्रहालयको निर्माण गरिने ।
२५. धर्म , संस्कृति , चाडपर्व संरक्षण गर्न विशेष आर्थिक अनुदान
छठ घाट सजावट ५० हजार देखि १ लाख
ब्रहमबाबा पुजा २५ हजार देखि ७५ हजार
सरस्वती पुजा १५ हजार देखि ५० हजार
मधानी महोत्सव ५ लाख देखि १० लाख
मेला व्यवस्थापन १ लाख देखि २ लाख
इद र बकरिद १ लाख
व्यवस्थित घाट निर्माण समेत गरिने छ ।
२६. नगरभित्र उद्योगग्राम निर्माणको लागि विशेष पहल गरिने
२७. फोहोर मैला व्यवस्थापनको लागि लैन्डफिल साईटको निर्माण ।
२८. शुन्य करको नीति अन्तर्गत सम्पूर्ण कर हटाइएको ।
२९. बाढी, आगलागी र शितलहर बाट बच्न विशेष राहतको व्यवस्था
३०. आवश्यक संख्यामा शिक्षक, कर्मचारी तथा सफाईको कर्मचारीको नियुक्ति गरिने ।